दाजुको बन्चरो प्रहारबाट भाइको हत्या
जानकारी केन्द्र
२०८२, असार, १३
बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका ६ पाखापानीमा दाजुले आफ्नै भाइलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दिपक सिंह बिष्टका अनुसार ४२ वर्षीय विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
प्रहरीका अनुसार दुई दाजुभाइबीच पहिलेदेखि नै विवाद चलिरहेको थियो र बिहीबार राति दुवैले मदिरा सेवन गरेका बेला झगडा शुरु भयो । आपसी झगडा उग्ररूप लिएपछि विष्णुबहादुरले बमबहादुरलाई बन्चरोले हानेका थिए ।
घाइते बमबहादुरलाई स्थानीयले अस्पताल लगिएको थियो, तर प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले राति नै उनको मृत्यु घोषणा गरेको छ । हत्या गरेर भागेका विष्णुबहादुरलाई प्रहरीले राति नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

