अटोपायलटले काम नगरे पछि मस्कमाथी करोडौं डलर जरिवाना हुन सक्ने
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकामा मुद्दाको सामना गर्नुपर्ने हुनसक्ने जोखिम बढेको छ ।
टेस्लाको अटोपायलट प्रणालीको कारणले गर्दा एक महिलाको मृत्युको मुद्दा अर्को महिनाको लागि अदालतमा प्रकिया अगाडी जान सक्ने भए पछि मस्कको टेन्सन बढेको हो । सो मुद्दा दर्ता भए पछि कम्पनीले यसलाई खारेज गर्ने प्रयास गर्यो, तर अमेरिकी अदालतले यसलाई अस्वीकार गर्यो।
यो घटना फ्लोरिडाको की लार्गोमा भएको हो । जब सेल्फ ड्राइभिङ अर्थात् अटोपाइलट सुविधासहितको मोडल एस कार सडकबाट खसेर एक महिलासँग ठोक्किदाँ उनको मृत्यु भएको घटनासँग सबन्धित रहेको छ ।
अदालतले भनेको छ कि महिलाको परिवारले गाडीको खराब डिजाइन र उचित चेतावनी नदिएको आरोपमा टेस्लालाई मुद्दा प्रकिया अब अगाडी बढाउन सक्छन् । उनीहरूले अर्बौको क्षतिपूर्तिको माग पनि गर्न सक्छन्। यस मुद्दाको सुनुवाइ जुलाई १४ बाट सुरु हुने सम्भावना छ। हाल टेस्लाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
टेस्लाको सेल्फ ड्राइभिङ टेक्नोलोजीको सुरक्षालाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएको छ। कम्पनीका अनुसार यसको अटोपायलट विशेषताहरू त्यस्ता चालकहरूको लागि हो, जसले पूर्ण रूपमा सतर्क रहन र स्टेयरिङ समाति रहन्छन्। जो यो प्रविधिले गाडी पूर्ण रूपमा आफैं चलाउँदैनन्।
यो मामिला २५ अप्रिल २०१९ को हो, जब जर्ज मेगी नामका एक व्यक्तिले आफ्नो कार लगभग १०० किमी प्रति घण्टाको गतिमा चलाइरहेका थिए। सो क्रममा कारले सडकमा पार्किङ गरेको एसयूभीलाई ठक्कर दिएको थियो, जसका कारण नजिक उभिरहेका एक महिला र उनका साथीलाई ठक्कर दियो ।
गाडी चलाउँदा आफूले मोबाइल उठाउन निहुरेको र त्यही क्रममा नरोकिएर स्टप साइन र रातो बत्ती पास गरेको मगीले बताएका छन् । उनले कुनै प्रकारको चेतावनी नपाएर कार एसयूभीसँग ठोक्किएको जनाएका छन ।
यस दुर्घटना पछि करिब ७५ फिट तल खसेकी महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने उनका साथी गम्भीर घाइते भएका छन् । यस मुद्दामा ९८ पृष्ठको फैसलामा अदालतले पीडित पक्षले पर्याप्त प्रमाण पेश गरेको जनाएको छ । जसबाट अटोपाइलटको कमजोरी नै यस दुर्घटनाको प्रमुख कारण रहेको देखिएको अदालतले जनाएको छ।
कारको टचस्क्रिन म्यानुअलमा अटोपाइलटसँग सम्बन्धित खतराहरू सामान्य व्यक्तिले सजिलै बुझ्न सक्ने गरी स्पष्ट नभएको अदालतले बताएको छ। अहिले ती मृतक महिला र घाइते उनको साथीको नाम गोप्य राखिएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

