हुण्डी कारोबार नगर्न राष्ट्र बैंकले दियो चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरकानुनी रूपमा हुने हुण्डी कारोबारमा संलग्न नहुन सबैलाई चेतावनी दिएको छ। कानुनविपरीत भुक्तानी प्रणालीमार्फत गरिने रकम कारोबार (हुण्डी) निषेध गरिएको उल्लेख गर्दै राष्ट्र बैंकले यस्तो कार्यमा संलग्न भएमा कडा कारबाही हुने जनाएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबार गैरकानुनी मानिएको छ। राष्ट्र बैंकका अनुसार यस्तो कारोबार प्रमाणित भएमा त्यसबाट भएको बिगो र कमाइ जफत गरिनुका साथै एक वर्षसम्म कैद सजायसमेत हुन सक्छ।
पछिल्लो समय विदेशबाट नेपालमा अवैध रूपमा पैसा पठाउने र नेपालबाट विदेशतर्फ रकम लग्ने क्रम बढ्दै गएको देखिएको छ। तर, अनुगमन तथा अनुसन्धान कमजोर हुँदा हुण्डी कारोबार झनै फस्टाएको हो।
राष्ट्र बैंकले कानुनी माध्यमबाट मात्रै विदेशी मुद्रा कारोबार गर्न आग्रह गर्दै नियमनकारी निकायहरूलाई समेत निगरानी कडा बनाउन निर्देशन दिएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

