अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ
बारा । जिल्ला प्रहरी कार्यालय बाराले अखाद्य तेलजन्य पदार्थ, ईन्धन र मिनि ट्रकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसि पेट्रोल पम्प नजिकैबाट गाडीमार्फत तेल चोरी गरी बिक्री वितरण हुँदै आएको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जीतपुरसिमरा–१२ फत्तेपुर निवासी २१ वर्षीय सुवास चौधरी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङ्गले बताएका छन्।
चौधरीले सञ्चालनमा रहेको ना १ क २८३६ नम्बरको मिनि ट्रकमा विभिन्न प्रकारका तेल र अखाद्य पदार्थहरू लोड गर्दै गरेको अवस्थामा फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय जितपुरका सई वेदप्रकाश जोशीको नेतृत्वमा आईतवार साँझ खटिएको टोलीले घटनास्थलमा खानतलासी गर्दा झण्डै ८ हजार लिटर तेलजन्य पदार्थ बरामद गरेको हो।
बारा प्रहरीका अनुसार ५ हजार,७९५ लिटर बनस्पतिजन्य तेल जस्तो देखिने अखाद्य पदार्थ, १ हजार लिटरका ६ ड्रम र १५ लिटरका ५३ ग्यालेनमा रहेको, अनुमानित मूल्य ६ लाख ३७हजार ४५० तथा १ हजार लिटर पेट्रोल, २०० लिटरका ५ ड्रममा रहेको अनुमानित मूल्य १ लाख, ६२ हजार, ६०० लिटर डिजेल, २०० लिटरका ३ ड्रममा रहेको अनुमानित मूल्य ८७ हजार ६००, ६०० लिटर मट्टितेल, २०० लिटरका २ ड्रम, १०० लिटरको १ ड्रम, र २० लिटरका १५ ग्यालेनमा रहेको, अनुमानित मूल्य ८९हजार ४०० रहेका छन ।
बारा प्रहरीका अनुसार कुल बरामद इन्धन तथा अखाद्य तेलजन्य पदार्थको मूल्य ९ लाख ७६ हजार ४५० बराबरको रहेको छ।
बरामद मिनि ट्रक र चालक हाल प्रहरी नियन्त्रणमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

