Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

शेयर बजार आज सामान्य अंकले बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, २४
शेयर बजार आज सामान्य अंकले बढ्यो

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३.६१ अंकले उकालो लाग्दै २६८७ विन्दुमा पुगेको हो।

बजार सामान्य अंकले हरियाली भए पनि कारोबार रकममा भने गिरावट देखिएको छ। मंगलबार ३०४ वटा कम्पनीका एक करोड ५० लाख २७ हजार कित्ता शेयर खरिद–बिक्री भएका छन्। कुल कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।

लगानीकर्ताहरूको विश्वास केही हदसम्म कायम देखिए पनि लगानी प्रवाह भने अघिल्ला दिनको तुलनामा कमजोर देखिएको विश्लेषकहरू बताउँछन्।

Top Changing Nepal

युट्युब सट्स