बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले
बारा । ट्राफिक प्रहरीद्वारा सञ्चालनमा ल्याइएको ‘हेलमेट लगाउने अभियान’ प्रभावकारी बन्दै गएको छ।
अभियानअन्तर्गत बस्ती–बस्तीमा पुगेर ट्राफिक प्रहरी जनचेतना फैलाउँदै हिँडेपछि मोटरसाइकल चालकहरूमा हेलमेटप्रति सकारात्मक परिवर्तन देखिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी निरीक्षक दीपक केसीका अनुसार अभियान सुरु गर्नुअघि करिब ६० प्रतिशत चालकले हेलमेट प्रयोग नगर्ने अवस्था थियो।
“अहिले त्यो संख्या घटेर पाँच प्रतिशतभन्दा कममा झरेको छ । ९५ प्रतिशतभन्दा बढीले हेलमेट प्रयोग गर्न थालेका छन,” उनले भने।
ट्राफिक प्रहरीले राजमार्ग मात्र नभई गाउँ, बजार, टोल टोलमा पुगेको छ। “हामी अब राजस्व संकलन होइन, जनचेतना फैलाउने अभियानमा केन्द्रित छौं,” प्रहरी निरीक्षक केसीले थपे।
उनका अनुसार दुईपांग्रे सवारीसाधन दुर्घटनामा हुने मृत्यु र गम्भीर घाइतेको दर उच्च भएकाले हेलमेट अभियानलाई निरन्तरता दिइएको हो।
दुईपांग्रे सवारीसाधनमा मोटरसाइकल, स्कुटर र साइकल पर्दछन्। एउटा अध्ययनअनुसार सडक दुर्घटनामा मृत्यु वा घाइते हुनेमध्ये २५ प्रतिशत मोटरसाइकल चालक र १६ प्रतिशत पछाडि बस्ने व्यक्ति रहेका छन्।
अध्ययनले देखाएको छ कि दुईपांग्रे दुर्घटनामा बढी चोट टाउको र घाँटीमा लाग्ने भएकाले यस्ता दुर्घटनाले गम्भीर अपांगता वा मृत्युको सम्भावना उच्च हुने गरेको छ। त्यसैले सबै पक्ष मिलेर दुर्घटनाबाट ज्यान जोगाउने अभियानमा हातेमालो गर्नुपर्ने प्रहरी निरीक्षक केसीको भनाइ छ।
बाराको निजगढ नगरपालिका क्षेत्रमा यो अभियान अझ प्रभावकारी ढंगले लागू गरिएको छ । इलाका प्रहरी कार्यालय निजगढ र ट्राफिकको संयुक्त टोली चेकजाँचका क्रममा हेलमेट नलगाएका सवारी चालकलाई सुरुमा सडकको सुरक्षित स्थानमा सवारी रोक्न आग्रह गर्छ । त्यसपछि चालकको नाम, नम्बर, गाडीको विवरण टिपेर हेलमेटको महत्त्वबारे जानकारी दिइन्छ ।।
हेलमेट नलगाएकालाई कारबाही गर्नुको साटो उनीहरूलाई घर गएर हेलमेट ल्याउन भनिन्छ। हेलमेट लगाएर फर्केपछि मात्र गाडी छोडिन्छ। इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार यस्तो चेतनामूलक शैलीले मानिसहरूमा व्यवहारिक परिवर्तन ल्याएको छ।
स्थानीयबासीहरू पनि अभियानबाट सन्तुष्ट देखिएका छन । प्रहरीको नम्र व्यवहार, दुई हात जोडेर ‘धन्यबाद’ दिँदै हेलमेटप्रति जागरूक गराउने शैलीले धेरैलाई हेलमेट नियमित प्रयोग गर्न प्रेरित गरेको उनीहरूको भनाइ छ।
ट्राफिक कार्यालय बाराले यो अभियानलाई अझ व्यापक बनाउँदै लैजाने तयारी गरेको छ। अभियानबाट दुर्घटनाको दरमा उल्लेखनीय सुधार आउने विश्वास प्रहरीले लिएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

