त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सिफारिस सूचीबाट प्रा. डा. अर्याललाई नियुक्त गरेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले यही असार २३ गते उपकुलपतिका लागि तीनजनाको नाम प्रधानमन्त्रीसमक्ष पेश गरेको थियो। सिफारिसमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्व डीन प्रा. डा. विनिल अर्याल, र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम परेको थियो।
यसअघि उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले गत चैत २८ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले चैत ३१ गते शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई तीन महिनासम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

