दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
सियोल । दक्षिण कोरियामा भारी वर्षाको कारण मृत्युको संख्या १४ पुगेको छ । आपतकालिन निकायकाअधिकारीहरूले भनेका छन कि अधिक मृत्युको डर बढ्दै जाँदा, प्रकोप सुरु भएदेखि थप १२ जना अझै बेपत्ता रहेका छन् ।
स्थानिय मिडियाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै गपेयोङको रिसोर्ट सहरमा आइतबार पहिरोले घरहरू र बाढीले बगाउँदा चारजना बेपत्ता भएको जनाएको छ ।
सो पहिरोमा परी घर भत्किँदा ७० वर्षकी एक महिलाको मृत्यु भएको छ भने ४० वर्षका एक पुरुषको शव पुल नजिकै डुबेको अवस्थामा फेला परेको दक्षिण कोरियाको आधिकारिक समाचार एजेन्सी योनहापले जनाएको छ।
आइतबार बिहान सियोलबाट ७० किलोमिटर (४० माइल) पूर्वमा रहेको ग्योङगी प्रान्तको क्षेत्रमा लगभग १७० मिमी (६.७ इन्च) वर्षा रेकर्ड गरिएको थियो। तर अधिकांश मृत्यु सान्चेङको दक्षिणी काउन्टीमा भएको छ, जहाँ बुधबारदेखि झण्डै ८०० मिमी (३१.५ इन्च) वर्षा भएको छ।
खोज र उद्धार कार्यको क्रममा आइतबार बिहानै त्यहाँ दुईवटा शव फेला परेका थिए, जसले ग्रामीण काउन्टीमा मृत्यु हुनेको संख्या ८ पुगेको छ, ६ जना अझै बेपत्ता छन्।
साथै, बेपत्ता भएका १२ जनामध्ये दुई जना दक्षिणपश्चिमी सहर ग्वाङ्जुरहेको योनहापले जनाएको छ। योनहापले अधिकारीहरूलाई पनि उद्धृत गरेको छ कि उनीहरूले बाढीले बगाएको सडक, माटोको क्षति र सार्वजनिक सुविधाहरू ध्वस्त भएको र भवन र खेतबारी जस्ता निजी सम्पत्तिमा क्षति पुगेको भन्दै १ हजार ९६१ उजुरी दर्ता भएका छन् ।
सम्बन्धित समाचार
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

