बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया” को उपाधि
काठमाडौं । नेपालमा भल्वो आइसरका सवारी साधनको आधिकारिक वितरक बतास एमएडब्लु कमर्सियल भेइकल्स भल्वो आइसरको दक्षिण एसियाकै बेस्ट डिस्ट्रिब्युटरको रुपमा सम्मानित भएको छ । मलेसियामा गत जुलाई १६ देखि २० सम्म सम्पन्न इन्टरनेसनल एनुअल डिलर कन्फ्रेन्स २०२५ मा भल्वो आइसर कमर्सियल भेइकल्स (भीईसीभी) ले प्रतिष्ठित ‘ओभरल बेस्ट डिस्ट्रिब्युटर – साउथ एसिया’ द्वारा बतास एमएडब्लु कमर्सियल भेइकल्सलाई सम्मानित गरेको हो ।
भीईसीभीका इन्टरनेसनल डिस्ट्रिब्युटरहरुको उपस्थितिका बिच भीईसीभीका एमडी तथा सीईओ विनोद अग्रवालले एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिक र बतास एमएडब्लुका एमडी शान्ता बतासलाई सो अवार्ड प्रदान गरे ।
विभिन्न क्षेत्रका १० विज्ञहरु सम्मिलित निर्णायकहरुले सेल्स, सर्भिस, ग्रोथ र मार्केट सेयर लगायत विभिन्न आधारमा विजेताहरु छनोट गरेका थिए । भल्वो आइसरका लागि दक्षिण एसिया एक महत्वपूर्ण बजार रहेको र नेपाल समेत त्यसमा संलग्न रहेको जनाइएको छ ।

बतास एमएडब्लु कमर्सियल भेइकल्सले भल्वो आइसरका कमर्सियल भेइकल्स बिक्री–वितरण गर्नुका साथै बिक्री पछिको सेवा समेत उपलब्ध गराइरहेको बताइएको छ । गत एक वर्षको अवधिमा बतास एमएडब्लु कमर्सियल भेइकल्सले लक्ष्यको दोब्बर उपलब्धि हासिल गरेको र नेपालको सर्बाधिक वृद्धि भइरहेको कमर्सियल भेइकल डिस्ट्रिब्युटर बनेको कम्पनीले जनाएको छ।
नेपालमा भल्वो आइसरका सवारी साधनको राम्रो उपस्थिति छ । नेपालका सबै भेगका लागि उपयुक्त साना, मिडियम र हेभी–ड्युटी सवारी साधन उपलब्ध छन् । कम्पनीले केही समय पहिले नेपाली बजारमा सार्वजनिक गरेको प्रिमियम लक्जरी कोच ‘म्याजेस्टिक’ ले हाल राम्रो चर्चा पाइरहेको बताइएको छ ।
प्रतिष्ठित समग्र उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको अवसरमा सम्बोधन गर्दै, MAW कमर्सियल भेहिकलका उपाध्यक्ष हेमन्त पुराणिकले भने: “यो अवार्ड हाम्रो टोलीको जोश र प्रतिबद्धता, हाम्रो बोर्डको अटल समर्थन र हाम्रा ग्राहकहरूको अपार विश्वास, र VECV मा हाम्रा साझेदारहरू सँगको बलियो सहकार्यको प्रमाण हो। यस्तो महत्त्वपूर्ण क्षेत्रमा उत्कृष्टको रूप मामान्यता पाउनु प्रेरणादायी छ।हामी आगामी वर्षहरूमा स्तर अझ माथि उठाउन कटिबद्ध छौं।”
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


