गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित
जानकारी केन्द्र
२०८२, श्रावण, १३
काठमाडौं । चौथो सिल्भर म्युजिक अवार्डअन्तर्गत गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित भएका छन् । प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारु भाषाको (नथिया वाली) बोलको गीतले गायक चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित भएका हुन् ।
आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको चौधरीको यो गीत थारू भाषार्मा उत्कृष्ट भएको हो । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीतहरु गाईसकेका छन् ।
सशस्त्र प्रहरी जवानको प्राविधिक क्षेत्रमा कार्यरत सुनसरीका गायक रत्नदीप चौधरीले २०५६ मा गाएको ‘ए हौ साली झुम्कावाली’ गीत निकै चर्चामा आएको थियो ।
सम्बन्धित समाचार
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

