Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेप्सेमा सामान्य अङ्कको गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, १३
नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २.०७ अङ्कले बजार घटेर नेप्से सूचक दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।

आज कूल ३२१ वटा कम्पनीको चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन २६ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । त्यस आधारमा आज कारोबार रकममा ठूलो उतारचढाव आएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स