कहाँबाट आउँछ सेयरबजारमा दैनिक २ अर्ब?
साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो । त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ । पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा यति ठूलो रकम कहाँबाट आइरहेको छ?
उदाउँदै महिला
काठमाडौंको पुतलीसडक वरपर झुम्मिएका ब्रोकर कम्पनीमा महिलाको उपस्थिति निकै बाक्लो देखिन्छ । ‘उपस्थिति जति बढेको छ, लगानीको पोर्टफोलियो त्योभन्दा निकै बढी छ,’ एक ब्रोकरले सुनाए ।
धेरै कम्पनीको आइपिओ भर्दा पनि सेयर नपरेपछि दोस्रो बजारमा लगानी गर्न थालेको धादिङकी कमला शर्माले बताइन् । सुमेरु सेक्युरिटिजमा भेटिएकी उनले भनिन्, ‘चितवन बस्ने दिदी र मलेसियामा भएका दाइले पनि सेयर किनिदिन पैसा पठाएपछि अहिले ब्रोकर कम्पनी धाउन थालेकी छु ।’ सानो–सानो बचतलाई पनि महिलाले सेयरमा लगानी गर्न थालेका छन् । ‘थोरैथोरै सेयर किन्दा पनि निकै नाफा भएपछि श्रीमान्ले सापट गरेर विदेशबाट पैसा पठाउनुभयो,’ नुवाकोटकी सरिता तामाङले भनिन्, ‘सबै पैसा सेयरमै हालेकी छु ।’ यसरी बचत मात्र होइन आफन्तको पैसा र रेमिट्यान्सलाई सेयरबजारमा लगानी गर्न महिलाको सक्रियता बढेको छ । महिलामार्फत गैरआवासीय नेपालीले ठूलो परिमाणमा लगानी बढाएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले पनि बताए ।
बैंकहरूको उदार लगानी
निक्षेपमा भएको भारी वृद्धि र लगानीको क्षेत्र संकुचित भएपछि बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी बढाएका छन् । ‘कहिल्यै सेयरमा लगानी नगर्ने नबिल र एभरेष्टजस्ता बैंकले पनि अहिले लगानी गर्न थालेका छन्,’ एक ब्रोकरले भने, ‘अधिकांश वाणिज्य बैंक, विकास बैंक र सबै बिमा कम्पनीले सेयरमा लगानी बढाएका छन् ।’ नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाले सेयरको धितोमा ३२ अर्ब २१ करोड रुपैयाँ (कुल कर्जाको २ प्रतिशत) कर्जा प्रवाह गरेका छन् । गत चैतमा यस्तो मार्जिन प्रकृतिको कर्जा ३४ अर्ब ७७ करोड रुपैयाँ थियो । पछिल्ला दिनमा यस्तो कर्जा पुन: बढ्न थालेको बताइएको छ । यसबाहेक अन्य सम्पत्तिको धितोमा सेयर किन्न बैंकहरूले कर्जा प्रवाह गरिरहेका छन् । बैंकहरूको प्रत्यक्ष लगानी पनि सेयरबजारमा बढ्न थालेको सम्बद्धहरू बताउँछन् ।
नयाँपत्रिका
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


