Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, १५
रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । रूसको सुदूरपूर्व क्यामचाट्का प्रायद्वीपमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। सन् १९५२ यताकै सबैभन्दा ठूलो भूकम्प मानिएको यस घटनापछि प्रायद्वीपसहित आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

भूकम्पपछि रूस र जापानका तटहरूमा सुनामीको सम्भावना रहेको भन्दै अमेरिकी अधिकारीहरूले अलास्का र हवाई क्षेत्रका लागि समेत सुनामीको चेतावनी जारी गरेका छन्।

विशेषज्ञहरूका अनुसार आगामी तीन घण्टाभित्र ती क्षेत्रमा उच्च लहरहरू पुग्न सक्ने भएकाले स्थानीयवासीलाई तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ। यद्यपि क्षतिको प्रारम्भिक विवरण आउन बाँकी छ। सरकार तथा सम्बन्धित निकायले आपतकालीन तयारी बढाउँदै सम्भावित क्षति न्यूनीकरणमा ध्यान केन्द्रित गरेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स