नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणलाई लक्षित गर्दै ३० लाख कित्ता सेयर निष्कासन गर्ने
काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड (NIIFL) ले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
यस सेयर निष्कासनको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। हालै सम्पन्न सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र फण्डका अध्यक्ष मनिष थापाबीच हस्ताक्षर भएको हो।
NIIFL नेपालमा स्थायी पूँजी साधन (Permanent Capital Vehicle) मार्फत पूर्वाधारमा लगानी गर्ने प्रमुख संस्था हो, जसको व्यवस्थापन ग्लोबल इक्विटी फण्डले गर्दै आएको छ। ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्डबाट अनुमोदित पहिलो प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्ड व्यवस्थापक हो।
संस्थाले स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी, जलविद्युत, सूचना प्रविधि, कृषि, आतिथ्यलगायतका पूर्वाधारमुखी क्षेत्रमा कार्यरत कम्पनीहरूमा पूँजी लगानी गर्दै आएको छ।
NIIFL मा हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सलगायतका बीमा कम्पनीहरूसँगै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरी प्रवर्द्धकका रूपमा आवद्ध छन्।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

