माबिलुङ इनर्जीको आईपीओ साउन २६ गतेदेखि खुल्दै, क-कसले भर्न पाउने ?
काठमाडौं । माबिलुङ इनर्जी कम्पनी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिएर आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको हो।
कम्पनीको कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसअघि कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र विदेशमा रहेका नेपालीहरूका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्कासन गरिसकेको छ।
अब बाँकी रहेको १३ लाख ५४ हजार २३५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। तीमध्ये ३० हजार ९५ कित्ता कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। यो सेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन खुला रहनेछ।
यस आईपीओको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


