Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कक्षा १२ को नतिजा : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, २०
कक्षा १२ को नतिजा : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np अथवा  neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np  बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स