कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ।
बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा ल्न् प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विषयमा ल्न् वा अनुपस्थित भएका विद्यार्थीहरूले मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।
परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जानकारी बोर्डले दिएको छ।
पात्र विद्यार्थीहरूलाई तोकिएको समयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ। विस्तृत जानकारीका लागि परीक्षा बोर्डको वेबसाइट वा सम्बन्धित विद्यालयमार्फत सम्पर्क गर्न सकिनेछ।

सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

