प्रभु बैंकका ११ संस्थापकले एकैचोटि १२ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा राखे
काठमाडौं । प्रभु बैंक लिमिटेडका ११ जना संस्थापक शेयरधनीले एकैपटक १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।
बिक्रीमा राखिएको संस्थापक शेयर खिम बहादुर गुरुङ, निमानन्द खनाल, इन्दिरा ढकाल, कृष्ण प्रसाद नेपाल उपाध्याय, किरण भक्त श्रेष्ठ, अनिल भक्त श्रेष्ठ, सुनिल भक्त श्रेष्ठ, दिनेश भक्त श्रेष्ठ, सन्ध्या थापा क्षेत्री, चंद्र शम्शेर जवरा र किशोर कुमार महर्जनको नाममा रहेको छ। नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार हाल ती शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्नेछन्। बैंकले यसका लागि ३५ दिनको समयसीमा तोकेको छ।
शेयर किन्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको समयावधिभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। बैंकले तोकिएको समयभित्र निवेदन प्राप्त नभएमा ती शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

