बंगलादेश तख्तापलटको एक बर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा
ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी घर ‘गणभवन’लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब यस भवनलाई ‘जुलाई रिभोलुसन मेमोरियल म्युजियम’ नामाकरण गरिनेछ ।
यो घर शेख हसिनाका पिता र बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानले पुनर्निर्माण गरेका थिए। पहिले यो ठाउँ इस्टेट राजबारी भनेर चिनिन्थ्यो।
गण भवन संसद भवन नजिकै राजधानी ढाकाको शेर–ए–बंगला नगरमा छ। बंगलादेश सरकारले यसलाई देशको नेताको आधिकारिक निवासको रूपमा प्रयोग गरिएको थियो ।
शेख हसिना २०१० मा यहाँ बस्न आएकी थिइन् र गत ५ अगस्ट २०२४ अर्थात १५ वर्षसम्म उनी त्यही घरमा नै रहिन् । गत वर्ष उनको विद्रोहको लगत्तै यहाँ ध्वस्त र लुटपाट सुरु भएको थियो ।
भीडले साडी, सजावटका सामान, घडी, सोफा, लग्जरी ह्यान्डब्याग, टेलिभिजन, माछा र महिलाको लुगा समेत लुट्यो । लुटपाटको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अधिकारीहरूले पछि लुटिएको सामान फिर्ता भएको दाबी गरेका छन् ।
मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले गण भवनलाई शेख हसिनाको कुशासनको प्रतीक घोषणा गर्दै संग्रहालयमा परिणत गर्ने घोषणा गरेको जनाइएको छ । यो संग्रहालय गत वर्षको हिंसामा मारिएका प्रदर्शनकारीहरूको सम्झनामा समर्पण गरिने युनुस सरकारले जनाएको छ ।
साथै, बंगलादेशको संस्कृति मन्त्रालयले यस संग्रहालयको व्यवस्थापनका लागि २०० पदहरूका लागि जागिर खुलाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


