गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु
काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ ।
कम्पनीका अनुसार,यस कार्यक्रम मार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । कार्यक्रम साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको बताइएको छ । यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४० हजार किलोमिटर अवधिभित्र १ लाख रुपैयाँको बाइब्याक भ्यालु ग्यारेन्टी गर्ने जनाइएको छ ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो । जसले रिसेल भ्यालु घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेशनमा स्वाप गर्ने हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको बताइएको छ ।
“गोगोरो नेपालको यातायातको भविष्य हो”नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवीशाहले भने,“सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं। आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”
नाइमामा विशेष अफरहरू
बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा अटो शोमा केही आकर्षक अफरहरू पनि ल्याएको छः
– दशैं अफरको सुरुवातः नाइमामा गोगोरोले दशैंविशेष स्किम पनि घोषणा गर्दैछ जसमा ब्याट्री स्वाप प्रणालीमा आउन चाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइने जनाइएको छ।
– ब्याट्री स्वापलाइभ डेमोः आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गर्न सक्नेछन्।
– अप्टिमाइज गरिएको स्वाप स्टेशन प्रदर्शनः गोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दोबनाउन अप्टिमाइज गरिएको छ।
– अपग्रेड गरिएको JEGO स्कुटर प्रदर्शनः यहाँहरू हालसालै अपग्रेड गरिएको JEGO स्कुटरको सुरुमै अवलोकन गर्नेहरू मध्येमापर्न सक्नु हुनेछ किनकि अपग्रेड गरेपछि यो पहिलोपटक सार्वजनिक रुपमा प्रदर्शन हुँदैछ।
गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहक केन्द्रित प्रविधि, ब्याट्रीमा Lifetime ग्यारेन्टी र Long–term value assurance सहितको बलियो संयोजन मार्फत् नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नयाँ बेन्चमार्क बनाइरहेको जनाएको छ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


