नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक लिपमोटर बी१०,कति पर्छ मूल्य ?
काठमाडौं । नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० लाई औपचारिक रुपमा सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सो गाडी औपचारिक रूपमा सार्वजनिक गरिएको हो । गत साता आयोजित विशेष ‘स्निक प्रिभ्यू’ कार्यक्रमपछि यो पहिलो पटक सबै समक्ष मूल्य र डिजाइन सहितको सम्पूर्ण अनावरण गरिएको छ।
४९ लाख ९९ हजार सुरुवाती मूल्यमा उपलब्ध लिपमोटर बी१० ले उत्कृष्ट प्रदर्शन, प्रविधि र सुरक्षाको संयोजन अत्यन्त प्रतिस्पर्धी मूल्यमा ल्याएको छ, जसले गर्दा यो नेपालका लागि सबैभन्दा आकर्षक इलेक्ट्रिक सवारी विकल्पहरूमध्ये एक बनेको छ।
आधुनिक शहरी मोबिलिटीका लागि डिजाइन गरिएको लिपमोटर बी१० मा १६० किलोवाटको मोटर रहेको छ जसमा लाइफ भेरिएन्टमा ५६.२ किलोवाटको ब्याट्री र ३८० किलोमिटरको डब्लुएलटीपी रेन्ज रहेको छ भने डिजाइन भेरिएन्टले सिंगल चार्जमा ४६० किलोमिटरको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ ।
सार्वजनिक कार्यक्रममा सांग्रिला मोटर्स प्रा।लि। का निर्देशक हेमन्त गोल्छाले भने, ‘लिपमोटर बी१० सँग हामी नेपाली उपभोक्ताहरूलाई यस्तो सवारी प्रस्तुत गर्दैछौं, जसले प्रदर्शन, सुरक्षा, शैली र मूल्यको सन्तुलन प्रदान गर्छ। यो केवल इलेक्ट्रिक गाडी मात्र नभएर, यो नेपाली सडकका लागि तयार गरिएको स्मार्ट मोबिलिटी समाधान हो।’
साउन २५ गते सम्म चल्ने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा आगन्तुकहरूले लिपमोटर बी१० लाई नजिकबाट अवलोकन गर्न र अनुभव लिन सक्नेछन्। साथै, बी१० को बुकिङ हालैदेखि सांग्रिला मोटर्स प्रालिका शोरूमहरू तथा देशभरका साझेदार बिक्री केन्द्रहरूमा खुला गरिएको कम्पनीले बताएको छ।
लिपमोटर बी१० को नेपाली बजारमा प्रवेशसँगै, गोल्छा अर्गनिजेसनले आफ्नो विद्युतीय सवारी साधनको पोर्टपफोलियो अझ विस्तार गरेको जनाएको छ। यसले प्युजो र सिट्रोनसँगै अब लिपमोटरलाई समेत समावेश गरी दिगो, नवप्रवर्तनशील र बौद्धिक मोबिलिटीप्रति आफ्नो प्रतिबद्धता झनै मजबुत बनाएको बताएको छ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


