३ गुणा बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा ३ गुणा अर्थात् २२० प्रतिशतले बढाएर १ अर्ब ८६ करोड रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष सो अवधिमा यो मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो।
डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले करिब १३.२२ प्रतिशत लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ। समीक्षा अवधिमा बैंकको खुद मुनाफा १०.२४ प्रतिशत बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ (६.४३% वृद्धि) पुगेको छ भने सेवा शुल्क र अन्य आम्दानी १५.०९% बढेर १ अर्ब ६४ करोड रुपैयाँ भएको छ। कुल सञ्चालन आम्दानी ११.८२% वृद्धि भई ११ अर्ब १६ करोड रुपैयाँमा पुगेको छ।
निक्षेप संकलन १६.१६% बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६% बढेर २ खर्ब १४ अर्ब रुपैयाँ भएको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड र जगेडा कोष १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ।असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा पुगेको छ। खराब कर्जा २.६२% मा सीमित छ भने आधार ब्याजदर घटेर ६.४२% र स्प्रेडदर ३.९८% कायम भएको छ।
बैंकले सूचकहरूमा देखिएको सुधारलाई रणनीतिक सफलताको परिणाम मानेको छ र केही ऋणपत्र परिपक्व भएपछि आगामी वर्ष मुनाफामा थप वृद्धि हुने अपेक्षा राखेको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

