सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०७ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ मात्र थियो। असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुगेको छ, जसअनुसार सेयरधनीलाई लाभांश दिने क्षमता ५ रुपैयाँ २५ पैसा पुगेको छ। अघिल्लो वर्ष यो क्षमता ४ रुपैयाँ ३२ पैसा थियो।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको छ। बैंकले २ अर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको र १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको निष्कृय कर्जा अनुपात (NPL) ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। असार मसान्तसम्म बैंकको प्रति सेयर आम्दानी (EPS) ८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।
सम्बन्धित समाचार
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

