ट्रम्प र पुटिन बिच १५ अगस्तमा अलास्कामा भेटबार्ता हुने
वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अगस्ट १५ मा अलास्कामा भेट गर्ने भएका छन् ।
ट्रम्पले शुक्रबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । बैठकको बारेमा छिट्टै जानकारी गराइने उनले बताए । ट्रम्पले यसअघि नै युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न पुटिनलाई भेट्न चाहेको बताएका थिए ।
यसअघि बुधबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले भनेकी थिइन, ‘रुसले ट्रम्पलाई भेट्ने इच्छा व्यक्त गरेको छ । ट्रम्प पुटिन र जेलेन्स्की दुवैसँग भेट्न तयार छन्।’
अमेरिका र रुसका राष्ट्रपतिबीच अन्तिम भेट सन् २०२१ जुनमा भएको थियो। त्यसबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच जेनेभामा भेट भएको थियो।
ट्रम्पका विशेष दूत स्टिभ विटकफले बुधबार पुटिनलाई भेटेका थिए। ट्रम्पले यो भेटलाई महत्वपूर्ण भनेका छन् । रुसको क्रेमलिनको राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले दुई देशबीच युक्रेनको मुद्दामा छलफल भएको बताएका थिए ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

