नेपाल–भारत कुनौली नाकामा अझै अव्यवस्था, स्थानीयको दैनिक जीवन कष्टकर
सप्तरी । सप्तरी जिल्लाको तिलाठी कोईलाडी—नेपाल–भारत सीमा नाका कुनौली, जुन सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकामा पर्छ, दशकौँदेखि दुवै देशका नागरिकबीचको सांस्कृतिक, आर्थिक र पारिवारिक सम्बन्धको प्रमुख द्वारका रूपमा चिनिन्छ।
‘रोटी–बेटीको सम्बन्ध’ भन्ने अभिव्यक्ति यहींका जनजीवनसँग जोडिएको छ। तर पछिल्ला वर्षमा राजनीतिक भाषणमा मात्रै रहँदै आएको यो सम्बन्ध व्यवहारमा सहज छैन।
स्थानीय बासिन्दाहरूका अनुसार नेपालतर्फबाट भारत प्रवेश गर्दा अहिले पनि यात्रुहरूले सीमा पार गर्न खुट्टाबाट जुत्ता खोल्नुपर्छ र पानी हिँडेर मात्र पुग्न सकिन्छ। वर्षातमा पानीको स्तर बढ्दा यो यात्रा अझै जोखिमपूर्ण हुन्छ। बिरामीको उपचार, औषधि खरिद, कृषकका लागि मल–विउ ल्याउने काम, दैनिक उपभोग्य वस्तुको किनबेच, र नातागोता भेटघाट जस्ता साधारण कामका लागि पनि ठूलो कठिनाइ भएको महिला नेतृ सुनिता साह क्रान्तिले गुनासो गरेकी छिन्।
नेतृ साहका अनुसार अघिल्ला वर्षहरूमा नाकाको पूर्वाधार सुधार गर्ने कुरा राजनीतिक स्तरमा धेरै पटक उठाइए पनि, वास्तविक निर्माण कार्य वा प्रशासनिक सहजीकरण सुरु भएको छैन। भारततर्फ सडक र संरचना केही सुधार भए पनि नेपालतर्फको भाग अझै वर्षायाममा हिलाम्य र पैदल यात्रामा निर्भर छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहसहितका नेताहरूले यो विषयलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन्। तर जनतामा “हात्ती आयो, हात्ती आयो अनि फुस्स” हुने डर छ, किनभने अघिल्ला वाचा प्रायः अधुरै रहँदै आएका छन्।
सीमा नाका सुधारमा काम गर्ने विज्ञहरूको भनाइमा, कुनौली नाका प्रभावकारी बनाउन तीन तहमा सुधार आवश्यक छ, पूर्वाधार निर्माण, स्थायी पुल, पक्की सडक, यात्री शेड र वर्षायाममा प्रयोग गर्न मिल्ने संरचना। दुई देशबीच सहजीकरण सम्झौता र सीमावर्ती आवतजावतका लागि विशेष पास प्रणाली, स्वास्थ्य र कृषि सामग्रीमा कस्टम शुल्क छुट वा छिटो प्रक्रियाको व्यवस्था गर्न जरूरी छ।
कुनौली नाका केवल व्यापारको मार्ग मात्र होइन, सांस्कृतिक र पारिवारिक सम्बन्धको पनि जीवनरेखा हो। जबसम्म राजनीतिक वाचा व्यवहारमा रूपान्तरण हुँदैन, तबसम्म ‘रोटी(बेटीको सम्बन्ध’ केवल भाषणमै सीमित रहने छ। अब आवश्यक छ— वाचा होइन, परिणाम ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


