मुक्तिनाथ विकास बैंकको नाफा साढे ३० प्रतिशतले वृद्धि, १ अर्ब ५३ करोड नाफा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकको नाफा ३०.७० प्रतिशतले बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो नाफा १ अर्ब १७ करोड रुपैयाँ थियो।
असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत वृद्धि भई ४ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा सञ्चालन मुनाफा १ अर्ब ७० करोड ८४ लाख रुपैयाँबाट बढेर २ अर्ब २३ करोड रुपैयाँ भएको छ।
खराब कर्जा दर भने २.३७ प्रतिशतबाट सामान्य बढेर २.७५ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको बैंकले लगानीकर्तालाई करिब २०.७५ प्रतिशत लाभांश दिन सक्ने अनुमान गरिएको छ।
वर्तमानमा बैंकको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष २० करोड ५ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी २१.८२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६९.९५ रुपैयाँ रहेको छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

