नेपाल राष्ट्र बैंकले चाँदी आयातको सीमा बढायो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानी सीमा बढाएर पाँच लाख अमेरिकी डलर बराबर पुर्याएको छ। यसअघि सुनचाँदी उद्योगले आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक तीन लाख डलर बराबरको सुविधा पाउँदै आएकोमा अब पाँच लाख डलरसम्मको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रामा सटही सुविधा उपलब्ध हुने भएको हो।
राष्ट्र बैंकका अनुसार, अन्य सुनचाँदी व्यवसायीका लागि भने प्रतिपटक अधिकतम एक लाख अमेरिकी डलर बराबरको सुविधा मात्र उपलब्ध हुने व्यवस्था कायम गरिएको छ। विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी, प्रतितपत्र वा खरिद आदेश बराबरको कागजात पेश गर्नुपर्ने स्पष्ट पारेका छन्।
यस्तै, वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा उपलब्ध गराउँदा अघिल्लो सटहीमार्फत आयात भएको चाँदी तोकिएअनुसार निर्यात भएको छ वा छैन भन्ने यकिन गर्नुपर्ने प्रावधान पनि थपिएको छ। साथै, वाणिज्य बैंक बाहेक अन्य बैंकमार्फत सटही सुविधा लिएर निर्यात भुक्तानी बक्यौता नरहेको भन्ने स्वःघोषणा व्यवसायीबाट लिनुपर्ने व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


