प्रधानमन्त्रीद्वारा नाडा अटो शो २०२५ मा नेपालकै पहिलो दिपलको फ्लाइङ कारको औपचारिक उद्घाटन
काठमाडौं । वर्षको नाडा अटो शो फरक र विशेष छ किनकि यहाँ इतिहासमै पहिलो पटक फ्लाइङ कार डीपल eVTOL प्रदर्शित हुँदैछ। नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल मेला हो, जहाँ हरेक वर्ष नयाँ नयाँ इनोभेटिभ आइडिया, प्रविधि र उत्पादनहरू सार्वजनिक गरिन्छ। एमएडब्लु वृद्धि ग्रुप नेपालमा विश्वस्तरीय ब्रान्डहरू ल्याउने र उत्कृष्ट सवारी अनुभव दिने कम्पनीका रूपमा परिचित छ र नाडा अटो शोमा सहभागिताले नेपालको भविष्यको यातायातलाई आधुनिक र अग्रगामी बनाउने कम्पनीको दृष्टिकोण अझ स्पष्ट भएको बताइएको छ।
यो वर्ष एमएडब्लू वृद्धि ग्रुप आफ्नो यस दृष्टिकोणलाई अझ माथिल्लो स्तरमा पुर्याउन तयार रहेको जनाइएको छ। मंगलवार नाडा अटो शो २०२५ को पहिलो दिनमा नै एक ऐतिहासिक अनावरण सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रुपमा फ्लाइङ कारका नामले लोकप्रिय दिपल eVTOL अनावरण गरे।
यस अवसरमा अध्यक्ष अग्रवालले भने, “नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।” त्यस्तै प्रबन्ध निर्देशक सिकरियाले थप्नुभयो, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने यस प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ।”
दिपल eVTOL साधारण ‘नयाँ गाडी’ मात्र होइन। फ्लाइङ कार बनाउनका लागि डीपल निर्माण गर्ने कम्पनी चांगान अटोमोबाइल र EHang ले सहकार्य गरेर व्यक्तिगत यातायातको लागि नयाँ र आधुनिक उपाय ल्याएका हुन्।
दिपल चांगान अटोमोबाइलको नयाँ इनर्जी सब-ब्रान्ड हो, जुन चीनका सबैभन्दा ठूला अटोमोबाइल निर्माता कम्पनीमध्ये एक भएको बताइएको छ। त्यस्तै EHang भने विश्वकै अगुवा अटोनोमस हवाई सवारी निर्माता हो जुन कम्पनीले पहिलोपटक व्यवसायिक रूपमा नै पाइलटविहिन यात्रु बोक्ने eVTOL उपलब्ध गराएको थियो। यी दुवै कम्पनीको साझा उद्देश्य भनेको EHang को अटोनोमस उडान प्रविधिमा आधारित नयाँ पुस्ताका eVTOL विकास गर्ने, उत्पादन गर्ने र बजारमा ल्याउने जनाइएको छ।
दुवै कम्पनीको लक्ष्य हवाई यातायातलाई केवल विलासिता मात्र नबनाई फ्लाइङ कारलाई सुरक्षित, वातावरणमैत्री र सजिलो बनाउँदै सर्वसाधारणको लागि पनि प्रयोगयोग्य बनाउने र यसलाई सबैका लागि पहुँचयोग्य गराउने बताइएको छ। नाडा अटो शो २०२५ मा देखाइएको दिपल eVTOL उनीहरूको यही सहकार्यको प्रत्यक्ष परिणाम भएको जनाइएको छ।
त्यस बाहेक, चांगानले सन् २०३० सम्ममा अन्य आधुनिक यातायात सोलुसन्स विकास गर्न २.७६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बताइएको छ । दिपल eVTOL सीधै माथि उड्न र भुइँमै फर्केर अवतरण गर्न सक्षम छ, जसले भविष्यको दिगो यातायातको नयाँ विकासलाई देखाउँछ।
दिपलमा हवाई इन्जिनियरिङ र अत्याधुनिक इलेक्ट्रिक प्रपल्सन प्रविधिको संयोजन छ जसले सडकमा हुने भीड कम गर्न, ध्वनि प्रदूषण घटाउन र कार्बन उत्सर्जन नियन्त्रण गर्न सहयोग गर्छ। उन्नत इन्जिनियरिंग प्रविधि बाहेक यसको ‘कुल’ डिजाइन आकर्षक र स्मार्ट प्रविधिले भरिपूर्ण छ। यो नयाँ प्रविधिहरूको आधुनिक रूप हो जसले देखाउँछ कि यातायात अब परम्परागत तरिकाले सडकमा मात्र सीमित छैन, सुरक्षा, दक्षता र पृथ्वीको स्वास्थ्यलाई प्राथमिकता दिँदै यो आकाशसम्म पनि फैलिँदैछ।
नेपालका लागि फ्लाइङ कारको प्रदर्शन गर्वको क्षण हो। यसले नेपाललाई भविष्यको दिगो यातायातको तयारी गरिरहेका मुलुकहरूको लहरमा समेट्छ। लामो समयदेखि विश्वस्तरीय उत्पादन ल्याउँदै ग्राहकहरूको विश्वास र निष्ठा जित्दै आएको एमएडब्लु वृद्धि ग्रुपका लागि चाहिँ यो अर्को उल्लेखनीय उपलब्धि भएको बताइएको छ । यो प्रस्तुति नाडा २०२५ को सुरुवात मात्र होइन, नेपालको अटोमोबाइल इतिहासमै महत्वपूर्ण क्षणको रूपमा दर्ज हुनेछ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


