फ्रान्स यूरोकपको सेमिफाइनलमा
आईसल्याण्डलाई पराजित गर्दै आयोजनक फ्रान्स यूरो कप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । यो जितसँगै फ्रान्सले अब विश्व विजेता जर्मनीसँग सेमिफाईनलमा भिडन्त गर्नु पर्ने निश्चित भएको छ ।
सोमबार विहान भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले आइसल्याण्डलाई ५–२ गोल अन्तरले पराजित गर्यो ।
सोमबार विहान भएको खेलमा फ्रान्सले सुरुदेखि नै दबाव कायम राख्यो । उसले १२ औं मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको थियो । त्यसको ७ मिनेटपछि नै पल पोग्बाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
खेलको४२ औं मिनेटमा दिमित्री पयेटले गोल गरे भने ४५ औं मिनेटमा एन्टोनिओ ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा नै ४–० को अग्रता दिलाए ।
५६ औं मिनेटमा घरेलु समर्थकलाई स्तब्ध पार्ने गरी आइसल्याण्डका बोल्बियन सिगथोर्सनले गोल गरे । पाँच मिनेटपछि नै जिरउडले व्यक्तिगत दोस्रो गोल गरे र फ्रान्सले ५–१ को अग्रता लियो ।
खेलको ८४ औं मिनेटमा बिर्किर बिआर्नेसनले गोल गरेपनि आइसल्याण्डको हार टार्न सकेनन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

