ऋषि पञ्चमी : सप्तऋषिको पूजा गर्दै नेपाली महिलाहरू
काठमाडौं । नेपाली हिन्दू नारीहरूले आज भाद्र शुक्ल पञ्चमीका दिन ऋषि पञ्चमी व्रत धारण गरी अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गर्दै छन्। ऋषि पञ्चमी विशेष गरी महिलाहरूले रजस्वलाका समयमा भएका त्रुटिहरूको प्रायश्चितस्वरूप मनाउने धार्मिक परम्परा हो।
आज बिहानैदेखि महिलाहरू नजिकको नदी, पोखरी, तलाउ, खोला वा तलैयामा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने व्रतविधि अनुसार कार्य गरिरहेका छन्। स्नानपछि पञ्चगव्य सेवन गर्ने र अरुन्धतीसहित सप्तऋषि—अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र—को पूजा गर्ने चलन छ। यही कारणले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिन्छ।
धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार, रजस्वलाका समयमा भएका शारीरिक अशुद्धिको दोष निवारण गर्न ऋषि पञ्चमीको व्रत प्रभावकारी मानिन्छ। “आजको दिनमा विधिपूर्वक स्नान र पूजा गरेमा रजस्वलाका दोषहरू हट्छन् भन्ने धार्मिक विश्वास छ,” उनले बताए।
यस अवसरमा महिलाहरूले नरोपी उम्रेका अन्नजस्तै सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाएर एक छाक हविष्य व्रत बस्ने गर्छन्।
ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकु, मूलपानी, तथा अन्य शहरका ऋषेश्वर मन्दिरहरूमा पूजाआजा गर्न श्रद्धालु महिला भक्तजनको ठूलो भिड लागेको छ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


