म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नेलीविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।
पहिलो जितसँगै तीन खेलमा चार अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित बर्नेली समान खेलबाट तनि अंकका साथ १२औं स्थानमा छ ।
ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन ब्रायन एमबेउमो र कप्तान ब्रुनो फर्नान्डेसले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । बर्नेलीका लागि लाइल फोस्टर र जैडन एन्थोनीले गोल फर्काए ।
खेलको २७औं मिनेटमा जोश कुलनबाट आत्मघाती गोल हुनपुग्दा युनाइटेडले अग्रता लिएको थियो । ५५औं मिनेटमा फोस्टरले बर्नेलीका लागि बराबरी गोल फर्काए ।
त्यसको दुई मिनेटपछि नै एमबोउमोले गोल गर्दा युनाइटेड २१ ले अगाडि बढ्यो । ६६औं मिनेटमा एन्थोनीले खेललाई २२ को बराबरीमा ल्याए ।
इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ३-२ को रोमाञ्चक जित दिलाए ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

