बीवाईडीको समर्थनमा एमक्यूबद्वारा प्रस्तुत ‘काठमाडौँ क्रोनिकल्स’ रोमाञ्च, संस्कृति र उत्सवसँगै सम्पन्न
काठमाडौँ । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको काठमाडौँ क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवसँगै समापन गरिएको थियो। एमक्यूब नेपालको मौलिक कार्यक्रमका रूपमा मेरिएट काठमाडौँमा सम्पन्न भएको यस पहलले सम्मेलन हल बाहिर गएर नेपालकै जीवन्त सम्पदामाझ सम्बन्ध र साझेदारीको अवधारणालाई विस्तार गर्न सफल भएको बताइएको छ । यो कार्यक्रम मेरिएटको एम आइ सि इ ग्राहकहरूको लागि विशेष डिजाइन गरिएको दाबि गरिएको छ । सहरलाई जीवन्त बनाउन सफल यस कार्यक्रममा एम आइ सि इ उद्योगका सहभागीहरूले नेपालको सम्पदा र एडभेन्चरको अद्वितीय मेलको अनुभव गरेको जनाइएको छ ।
एमक्यूब नेपालले यस वर्ष परम्परागत बैठकको सीमालाई तोड्दै सहभागीहरूलाई सहरकै बीचमा राखेर कार्यक्रम सञ्चालन गर्यो। ‘काठमाडौँ क्रोनिकल्स’ मूलतः ट्रेजर हन्टको शैलीमा तयार गरिएको थियो, जसले साइटसिइंग गर्ने, स्थानीय संस्कृति बुझ्ने र टिम मिलेर गतिविधिहरू गर्ने अवसर एकसाथ प्रदान गरेको जनाइएको छ । सहभागीहरू बीवाईडी कारमार्फत नक्सालस्थित मेरिएटबाट प्रस्थान गरी काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ लगायतका सम्पदास्थलहरूमा पुगेको पनि बताइएको छ ।

हरेक सम्पदास्थलमा टोलीहरूले रिडलहरू हल गर्ने, कल्चरल च्यालेन्जहरू पूरा गर्ने र शहरको इतिहासका लुकेका कथाहरूलाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाएका थिए। यात्राको प्रत्येक चरणले रमाइलो, साहसिक अनुभव र काठमाडौँको ऐतिहासिक सम्पदाको अनौठो अनुभूति प्रदान गरेको दाबि गरिएको छ । यस क्रममा कार्यक्रमले नेपाल केवल बैठक भेन्यु मात्र नभई व्यापार, संस्कृति र अनुभवहरू एकैसाथ पाउन सकिने गन्तव्य हो भन्ने सन्देश पनि दिएको जनाइएको छ ।
यस एडभेन्चर सहितको कार्यक्रमको समापन फेयरफिल्ड बाइ मेरिएट काठमाडौँमा भव्य उत्सव र सम्मान समारोहसँगै भएको थियो। विजेता टोलीलाई ‘काठमाडौँ एक्सपर्ट्स’को उपाधि प्रदान गरिएको बताइएको छ।

कार्यक्रमबारे बोल्दै मेरिएट इन्टरनेशनलका उत्तर भारत, नेपाल र भुटानका लागि मार्केट भाइस प्रेसिडेन्ट अरुण कुमारले भने, “काठमाडौँ क्रोनिकल्सले यस शहरको सम्पदा र संस्कृतिलाई सामान्य बैठकभन्दा पनि बेग्लै अनुभवका रूपमा उत्कृष्ट ढंगले प्रस्तुत गर्यो। वास्तविक हस्पिटालिटी भनेको अर्थपूर्ण अनुभव सिर्जना गर्नु हो भन्नेमा मेरिएट विश्वास गर्दछ, र यो कार्यक्रमले एमक्यूब तथा बीवाईडीसँग मिलेर व्यापार र अन्वेषण दुवैका लागि नेपाल विशेष गन्तव्य हो भन्ने स्पष्ट पारेको छ।”
एमक्यूब, बीवाईडी र मेरिएटबीचको यस सहकार्यले इनोभेसन, हस्पिटालिटी र सम्पदालाई एउटै अनुभवमा जोड्न सफल भएको बताइएको छ। ‘काठमाडौँ क्रोनिकल्स’ले एमक्यूब नेपाल २०२५ लाई नयाँ स्तरमा पुर्याउँदै एम आइ सि इ उद्योगले कसरी संस्कृति, दिगोपन र एडभेन्चर एकसाथ प्रस्तुत गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको जनाइएको छ।

सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


