यामाहा नेपालद्वारा गोरखामा नयाँ थ्रीएस शोरुमको उद्घाटन : एफजेड र एमटी श्रृंखलाका नयाँ भेरिएन्ट सार्वजनिक
काठमाडौं । यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयरपार्ट्स) चन्दा सप्लायर्स गर्वका साथ शुभारम्भ गरेको छ।
नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरे। कार्यक्रममा विशेष अतिथिका रुपमा एम ए डब्ल्यूराइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो।
अत्याधुनिक पूर्वाधार र समर्पित टोली सहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो थ्रीएस अनुभव एउटै छाना मुनि उपलब्ध गराएको बताइएको छ। यस मार्फत ग्राहकहरूले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्री पछिको सेवा तथा जेनुइन स्पेयर पार्ट्स एकै स्थानमा पाउने छन्।
उत्साहमा थप वृद्धि गर्दै, यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा आफ्ना लोकप्रिय एफजेड र एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गर्यो। यी नयाँ मोडलहरूले ताजा स्टाइल र नेपाली राइडरहरूलाई लक्षित एडभान्स्ड फिचरहरुसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन्।

कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले भने, “गोरखामा यो नयाँ थ्रीएस शोरुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई हाम्रा आदरणीय ग्राहकहरूको अझ नजिक ल्याउने यात्रामा अर्को महत्वपूर्ण कदम हो। नयाँ एफजेड र एमटी भेरियन्टको लन्चसँगै, हामी गोरखा तथा आसपासका राइडरहरूलाई स्टाइल,प्रदर्शन र भरोसानको संयोजन भएका अझ धेरै विकल्पहरू प्रदान गर्दैछौं। हामी ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्ड कायम राख्दै हाम्रो सञ्जाललाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौं।”
त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “चन्दा सप्लायर्सबाट हामी उच्च गुणस्तरका यामाहा दुई-पांग्रे सवारी साधन उपलब्ध गराउने मात्र नभई भरपर्दो बिक्रीपछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभवदिने लक्ष्य समेत राखेका छौं।हाम्रो उद्देश्य हरेक ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्नु हो, जसका लागि हामीले बिक्री देखि सेवा र त्यसपछि पनि विभिन्न चरण सम्म सन्तुष्टि सुनिश्चित गर्नेछौं।”
यस नयाँ शो रुम को उद्घाटन र नयाँ एफजेड र एमटी भेरियन्टको लन्च सँगै यामाहा नेपालले आफ्नो फैलिँदै गरेको डिलर सञ्जाललाई अझ सशक्त बनाएको बताइएको छ। अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहा का सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस रस्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्ने छन्।
एमएडब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका कारण नेपालको सबै भन्दा विश्वासिलो दुई-पांग्रे ब्रान्ड मध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको जनाएको छ।

सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


