Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

ब्राजिल हारेको पीडामा नेपालकी यि युवतीले गरिन आत्महत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, असार, २५
ब्राजिल हारेको  पीडामा नेपालकी यि युवतीले गरिन आत्महत्या

विश्वकप फुटबल अन्तर्गत बुधबार विहान भएको खेलमा ब्रजिल जर्मनीसँग पराजित भएपछि सुनसरी भरौलकी एक किशोरीले आत्महत्या गरेकी छन् ।

सुनसरी भरौल ९ की १५ वर्षीया किशोरी प्रज्ञा थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । ब्राजिलको समर्थन गर्दै आएकी प्रज्ञाले ब्राजिलले जर्मनीसँग लज्जास्पद हार व्यहोरेपछि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरद थापाले जानकारी दिनुभयो ।

जर्मनीसँग ब्राजिल हारेपछि निकै हतास देखिएकी प्रज्ञाले अरुले जिस्क्याएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । गाउँमा गएर रातिको खेलको विषयमा कुरा गर्दै सबैले उनलाई जिस्क्याएपछि पढ्न भनेर कोठामा छिरेको त्यहीँ आत्महत्या गरेको उनका हजुरबाले जानकारी दिएको प्रहरीले जनाएको छ ।

प्रज्ञाका बुबा वैदेशिक रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ । विहान घरमा हजुरबुबा र हजुरआमा मात्रै घरमा भएको बेला प्रज्ञाले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

उज्ज्यालो अनलाइन बाट

Top Changing Nepal

युट्युब सट्स