एनएमबि बैंकले सर्लाहीको श्री अमर जैन विद्यालयमा दियो स्कुल ब्याग र वाटर डिस्पेन्सर
काठमाडौं । एनएमबि बैंकले सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्ने प्रतिबद्धता व्यक्त गरे । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लालबन्दी वडा नं.५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलले एनएमबि बैंकको पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । सोही अवसरमा बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति थियो । उनीहरूले बैंकले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा सहभागी सबैले बैंकको सामाजिक उत्तरदायित्वप्रति सराहना व्यक्त गरेका थिए । हाल एनएमबि बैंकले २०२ शाखा, १८७ एटिएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत सेवा सञ्चालन गरिरहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


