ओमस्टोन होटेल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
जानकारी केन्द्र
२०८२, भाद्र, १९
काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसितथानी हिमालयन रिर्सोट)ले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
दुई संस्थाबीच आज एक समारोहकाबीच सम्झौता भएको छ । उक्त सम्झौतामा ओमस्टोन होटेल्सको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
उक्त सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दुसितथानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड)को प्राथमिक सेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोर को उपस्थिती रहेको थियो ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

