रौतहटमा नेपाली सेनाको गस्ती, २३३ कैदी फरार
रौतहट । रौतहट प्रशासनले जिल्लाभर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ९क० बमोजिम प्रमुख जिल्ला अधिकारी ९सीडीओ० बिनोद कुमार खड्काले अर्को आदेश नआउन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् ।
रौतहट जिल्ला भित्र कसैले आवत जावत गर्न कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरि कर्फ्यू जारी गरेको आदेशमा उल्लेख छ । अहिले गौर, चन्द्रनिगाहपुर र गरुडा लगायतका स्थान नेपाली सेनासहितको सुरक्षाकर्मीले बुधबार बिहानदेखि गस्ती थालेका छन् ।
जेन–जी आन्दोलनका कारण पछिल्लो समय आइपरेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती सुरु गरको हो । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पतिको सुरक्षाको लागि गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ।
यता गौर कारगारबाट मंगलबार राति हुलहुज्जत गरेर २३३ कैदी भागेका छन् । गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए ।
उनका अनुसार गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । भागेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


