मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा
काठमाडौँ । गत मंगलबारदेखि अवरुद्ध रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि पुनः सुरु भएको छ। शुक्रबार फाट्टफुट्ट मात्रै चलेका सवारी साधन शनिबार बिहानैदेखि बाक्लो संख्यामा सञ्चालनमा आएका छन्।
चितवनतर्फबाट पनि बसहरू काठमाडौंका लागि प्रस्थान गरेका छन्। सोमबारको प्रदर्शनका क्रममा नयाँबानेश्वर वरपरबाहेकका क्षेत्रमा सवारी सञ्चालन भए पनि मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सबै सवारी साधन ठप्प भएका थिए। नेपाली सेनाले कर्फ्यु लगाएको कारण पनि यातायात पूर्णरूपमा बन्द भएको थियो।
शनिबार बिहान कर्फ्यु हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सार्वजनिक बस, ट्याक्सीसहितका सवारी साधन बिहानैदेखि सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ।
यस्तै, जनजीवन सहज बन्दै गएपछि पसलहरू पनि खोलिन थालेका छन्। प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरूमा व्यापारीहरूले बिहानैदेखि सरसफाइ सुरु गरेका छन्। मंगलबार रातिदेखि सडकमा सुरक्षा व्यवस्था कडा बनाउँदै आएको सेना शनिबार बिहानदेखि सडकबाट फिर्ता भएको छ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


