रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
रौतहट । रौतहटमा जेन-जी आन्दोलनको क्रममा उत्पन्न परिस्थिति क्रमश: सामान्यतर्फ फर्किएको छ । तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार पनि निषेधाज्ञा र कर्फ्यूलाई निरन्तरता दिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क र ख बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले कर्फ्यू तथा निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
स्थानीय प्रशासनले जारी गरेको आदेशमा शनिबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू हुने र त्यसपछि शनिबार साँझ ७ बजे देखि आईतवार बिहान ६ बजेसम्म कर्फ्यू कायम रहने उल्लेख छ ।
निषेधाज्ञा र कर्फ्यूको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न निषेध गरिएको छ । साथै पाँच जनाभन्दा बढी भेला हुन पनि नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
प्रशासनको सूचनामा उल्लेख भएअनुसार अत्यावश्यक सेवामा पर्ने एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै औषधि, खाद्यान्न, इन्धन, दूध, तरकारी तथा पानी ढुवानी गर्ने सवारी साधन भने सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले परिचयपत्र देखाई कार्यालयसम्म आउन–जान पाउनेछन् । प्रशासनले शान्ति सुव्यवस्था कायम गर्न सबैलाई कर्फ्यू आदेश पालना गर्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


