Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

आजको मौसमः गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, ३०
आजको मौसमः गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले देशभर मौसम प्रभावित हुने देखिएको छ। अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिनभर देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भागका केही तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ। यस अवधिमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स