पहिलो महिनामै व्यापार घाटा एक खर्ब १९ अर्ब नाघ्यो, आयात निर्यात कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिभन्दा २.५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ०.४ प्रतिशतले मात्र बढेको थियो।
गत साउनमा कूल वस्तु आयात ११.४ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने आयात ०.६ प्रतिशतले घटेको थियो। आयातका आधारमा भारतबाट ७.५ प्रतिशत, चीनबाट १४.१ प्रतिशत र अन्य मुलुकबाट २०.५ प्रतिशतले आयात बढेको राष्ट्र बैंकले जनाएको छ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल, कोइला र रासायनिक मलको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस् र तेलहनको आयात घटेको छ।
यस्तै, चालु आवको पहिलो महिनामा निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको छ भने चीनतर्फ ६५.२ प्रतिशत र अन्य मुलुकतर्फ १.४ प्रतिशतले घटेको छ। निर्यात हुने वस्तुमा भटमास तेल, पाम तेल, पोलिस्टर धागो, अलैंची र जुटका सामानको वृद्धि भएको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना र चियाको निर्यात घटेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९.५ प्रतिशत मात्र थियो।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


