Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, १
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । आज नेपालभर कालीगढहरूले भगवान् विश्वकर्माको पूजा–आराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पूजा पर्व मनाइरहेका छन्। प्रत्येक वर्ष कन्या संक्रान्तिका दिन मनाइने यो पर्वमा विश्वकर्मालाई स्मरण गरी विशेष पूजा गर्ने परम्परा छ।

विभिन्न कलकारखाना, कारखाना, वर्कसप तथा कार्यालयहरूमा बालुवाको मूर्ति वा तस्बिर स्थापना गरी विश्वकर्माको पूजा गरिन्छ। कलकारखानाहरूलाई विशेष सजावट गरेर मजदुरलाई सहभागी गराउँदै यस दिवसलाई भव्यतापूर्वक मनाउने गरिन्छ। पूजा सम्पन्न भएपछि मूर्तिलाई बागमती मुहान सुन्दरीजलसहितका शुद्धस्थलमा लगी सेलाउने परम्परा छ। यस वर्ष बिहीबारदेखि नदीमा मूर्ति विसर्जन गरिने जनाइएको छ।

धार्मिक विश्वास अनुसार आजको दिन औजार तथा सवारी साधनको पूजा गरेमा ती लामो समयसम्म टिक्ने, बिग्रने सम्भावना कम हुने र राम्रो काम गर्न सकिने मान्यता रहेको छ। धर्मशास्त्रविद् प्रा। तोयराज नेपालका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई लुकाएको विश्वास छ। यही कारण विश्वकर्मालाई इतिहासकै महान् वास्तुविद् मानिएको हो। वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ पनि उहाँकै कृति हो।

यही स्मरणमा नेपालका कालीगढहरूले आजको दिनलाई विशेष महत्वका साथ मनाउँदै विश्वकर्माको गुण र विद्या प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। यसै अवसरमा इञ्जिनजडित विभिन्न उपकरण र सवारीसाधनमा पनि विशेष पूजा गरिन्छ। पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्ये स्थापत्य वेदमा आधारित वास्तुशास्त्रको महत्व बढ्दै गएकाले यो दिवसलाई वास्तुविद्हरुले पनि ‘वास्तु दिवस’का रूपमा मनाउने गरेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स