आजको मौसम : विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको र अरब सागर तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य केही स्थानमा मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागले लगातारको वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहने, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



