स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो
काठमाडौं । स्थगित कक्षा १२ को मौका ( पूरक ) परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलन हिंसात्मक भएपछि स्थगित गरिएको थियो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार मौका परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने छ।
असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। त्यस्तै, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा सोही दिन हुनेछ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयमा परीक्षा दिने परीक्षार्थीले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।
असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुने छ। यो दिन अंग्रेजी विषयको परीक्षा भने हुने छैन , किनभने अंग्रेजीको परीक्षा पहिलो दिन ( असोज ७ गते ) नै तय गरिएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


