Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यूएईले नेपालीका लागि वर्किङ भिसा पनि रोक्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, २
यूएईले नेपालीका लागि वर्किङ भिसा पनि रोक्यो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट भिसापछि वर्किङ भिसा पनि रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल दुवै प्रकारका भिसा बन्द छन् तर रोक कहिलेसम्म रहने भन्ने यकिन छैन ।

दुबई र नेपालस्थित केही कम्पनीहरूले भिसा टाइपिङमा समस्या देखिएको र पहिले टाइप भएका भिसा पनि रद्द हुन थालेको बताएका छन् । नेपाली दूतावासले भने यस बारे आधिकारिक जानकारी नपाएको जनाएको छ । यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स