Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

गरिमा विकास बैंकको २ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, ३
गरिमा विकास बैंकको २ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख १२ हजार ८३४।६५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि खुला गरिएको थियो। तर, तोकिएको समयसीमाभित्र सीमित मात्रामा आवेदन परेपछि बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जानकारी दिएको छ।

शेयर किन्न इच्छुक व्यक्तिहरूले अबको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदनमा आफूले किन्न चाहेको शेयरको कित्ता संख्या र मूल्य स्पष्ट उल्लेख गर्नु पर्नेछ।

बैंकले इच्छुक सर्वसाधारणलाई सम्पूर्ण जानकारीसहित आवेदन दिन आह्वान गरेको छ। यो अवसर विशेषगरी वित्तीय क्षेत्रमा लगानी गर्न चाहने व्यक्तिहरूका लागि महत्वपूर्ण मानिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स