डोङफेङ मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन प्लान र भोया लिस्टिङ तयारीको घोषणा
काठमाडौं । डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङकङमा कारोबार हुने कम्पनीका सेयरहरू करिब आठ वर्षयताको सबैभन्दा उच्चस्तरमा पुगेको बताइएको छ। यस खबरलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटोमोबाइल बजारमा यसको बढ्दो महत्त्व र ग्राहक आधारको संकेतका रूपमा लिएको जनाइएको छ।
यस घोषणापछि हङकङको बजारमा डोंगफेंगका सेयरहरू एकै दिनमा झण्डै ६९५ ले बढे र अन्तिममा ५७५ भन्दा बढी उच्चमा बन्द भए। रिपोर्टहरूका अनुसार प्राइभेटाइजेसन सम्झौताको मूल्य करिब ७ अर्ब अमेरिकी डलरजतिको हुनेछ र यसलाई धेरैले डोंगफेंगको शक्ति र सम्भावनाप्रतिको नयाँ विश्वासका रूपमा व्याख्या गरेका छन्।
डोङफेङ मोटर ग्रुपले दशकौंदेखि चीनको प्रमुख अटो कम्पनीको रूपमा सस्तो, भरपर्दो र ग्राहकमुखी सवारीसाधन उपलब्ध गराउने कम्पनीको रुपमा प्रतिष्ठा कमाएको बताइएको छ। यो ब्राण्ड आफ्नो “भ्याल्यु-फर-मनी” का लागि चिनिन्छ जुन किफायती मूल्य र राम्रो पर्फर्मेन्स गर्ने गाडीका रुपमा लाखौं चालकहरूको रोजाइमा परेको जनाइएको छ।
प्राइभेटाइजेसन प्लान डोंगफेंगलाई दीर्घकालीन रणनीति अघि बढाउन अझ लचिलो बनाउन तयार गरिएको हो। स्वतन्त्रता बढेसँगै कम्पनी छिटो निर्णय लिन, सञ्चालनको क्षमता अझै मजबुत बनाउन र उद्योगमा आउने परिवर्तनहरूलाई छिटोसँग सामना गर्न अझ सक्षम हुनेछ।
यसैबीच, डोङफेङले आफ्नै प्रिमियम इलेक्ट्रिक गाडीको ब्रान्ड भोयालाई छुट्टै लिस्टिंग गरेर हङकङ सेयर बजारमा ल्याउने तयारी पनि गरिरहेको जनाइएको छ।भोयाले तीव्रगतिमा बढ्दै गएको इलेक्ट्रिक गाडीको बजारमा कम्पनीको ठुलो प्रयासलाई प्रतिनिधित्व गर्छ। यसले उपभोक्तालाई आधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यातायात समाधान उपलब्ध गराउँछ। बजारमा लिस्टिंग भएपछि भोयालाई आफ्नो वृद्धि थप अघि बढाउन, उत्पादनहरूको दायरा विस्तार गर्न र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता अझ बलियो बनाउन आवश्यक स्रोत प्राप्त हुनेछ।
आगामी दिनमा डोंगफेंग मोटर ग्रुपले आफ्नो किफायतीपनको परम्परा कायम राख्दै नयाँपन र प्रविधिमैत्री भविष्यतर्फ अघि बढ्ने लक्ष्य लिएको बताइएको छ। कम्पनीका अनुसार, प्राइभेटाइजेसन र भोया लिस्टिंग दुवैको संयोजन कम्पनीको अड्याप्टेसन, वृद्धि र ग्लोबल अटो उद्योगमा गर्ने नेतृत्व क्षमताप्रतिका प्रतिबद्धता हुन्।
ग्राहकलाई आफ्नो केन्द्रमा राखेर डोंगफेंगले इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई आकार दिँदै भविष्यमा पनि भरपर्दो र किफायती गाडी उपलब्ध गराइरहने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


