लोकमानसहित अख्तियार पदाधिकारीलाई संसदीय समितिले बोलायो
संसदको सुशासन तथा अनुगमन समितिको बैठकले अख्तियार प्रमुख आयुक्त लोकमानसिंहसहित सबै आयुक्तलाई समितिमा बोलाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित सबै आयुक्तहरुलाई संसदको सुशासन तथा अनुगमन समितिले उपस्थित हुन निर्देशन दिएको हो ।
बैठकमा अख्तियार प्रमुख कार्कीले शक्ति र पदको चरम दुरुपयोग गरी मेडिकल माफियाको संरक्षक बनेको विषय गम्भीरतापूर्वक उठेको थियो । सोही विषयमा छलफल गर्न अख्तियारका सबै आयुक्तलाई आइतबार समितिमा हाजिर गराउने निर्णय गरिएको हो ।
मेडिकल शिक्षाको माफियाकरण एवं स्वास्वास्थ्य सेवा सुधार हुनुपर्ने मुद्दा उठाएर अनसन बसिरहेका डा.गोविन्द केसीले कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै आएका छन्। डा.केसी अनसनको १३ औं दिन संसदीय समितिले कार्कीलाई महाअभियोग लगायतका माग, काठमाडौं विश्वविद्यालयमा परीक्षा सञ्चालन गर्ने अख्तियारको हर्कत छानवीन गर्न उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


