बडादशैँको मुख्य दिन आज, टीका, जमरा र आशिर्वाद ग्रहण गरी मनाइँदै
काठमाडौं । बडा दशैंको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका, जमरा र आशिर्वाद ग्रहण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीका ११ बजेर ५३ मिनेटको साईतमा लगाउन सुरु गरिएको छ । टीका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा टीका लगाउन सकिन्छ । बिहान ९:२३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ।
आजको दिन घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसादका रुपमा टीका ग्रहण गर्न सक्नेछन् । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गर्ने गरिन्छ । देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था भए सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सम्बन्धित समाचार
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

