फागुन २१ मा प्रतिनिधिसभा चुनाव, निर्वाचन आयोगले कार्यतालिका गर्यो सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगको सोमबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो।
स्वीकृत कार्यतालिका अनुसार, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म गर्न सकिनेछ। आयोगले स्पष्ट पारेको छ कि यही अवधिमा आयोगमा दर्ता कायम रहेका दलहरू मात्र निर्वाचन प्रयोजनका लागि पुनःदर्ता गर्न सक्नेछन्। साथै, निर्वाचनमा भाग लिन इच्छुक दलहरूले कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसक्नुपर्नेछ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने पुस १८ र १९ गते बन्दसूची पेश गर्ने समय तोकिएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष निर्वाचन) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।
निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ देखि १८ गतेसम्म निर्धारण गरिएको छ। त्यसपछि निर्वाचन आचारसंहिता अनुसार प्रचारप्रसार निषेध गरिनेछ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदानपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलन कार्य सम्पन्न भएपछि मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ। निर्वाचन आयोगले सरोकारवाला निकाय, राजनीतिक दल र अन्य सम्बद्ध पक्षसँग समय–समयमा समन्वय, परामर्श र छलफल गर्ने जनाएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


